सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान आत्मघाती आक्रमणमा हुँदा झण्डै पाँच जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समयानुसार बिहान ८ बजेतिर विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँच जनाको ज्यान गएको र अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मा नलिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेकाे छ।
आक्रमणमा अन्य १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनु भएको छ । गृह मन्त्रालयले ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गरेको छ ।
‘विस्फोट ठूलो थियाे, यसले हाम्रो घरलाई हल्लायो, हामीले पछि गोलीबारीको आवाज सुन्यौँ, एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्’, एक स्थानीय समीउल्लाहले बताए।
हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए पनि कैयौँ प्रान्तमा हिंसा जारी रहेको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।