कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिगमा मङ्गलबार रातिदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ ।
नकआउट चरणमा साविक विजेता लिभरपुलले एट्लेटिको मड्रिडसँग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन र बोरुसिया डोर्टमण्ड खेल्दैछन् । दुवै खेल नेपाली समयअनुसार राति पौने २ बजेपछि सुरु हुनेछ ।
च्याम्पियन्स लिगको फाइनल भएको मैदानमै लिभरपुलले एट्लेटिको मड्रिडसँग खेल्न लागेको हो । सन् २०१० पछि लिभरपुल र एटेलेटिको मड्रिड पहिलो पटक खेल्न लागेका हुन् ।
प्रिमियर लिगका १७ वटा खेलमा लगातार जित निकालेको लिभरपुलले प्रिमियर लिगमा २५ अङ्कको अग्रता लिइसकेको छ ।
एट्लेटिको मड्रिडको प्रदर्शन भने यो सिजन राम्रो हुन सकेको छैन । उसको प्रदर्शनमा पनि एकरुपता देखिएको छैन । ला लिगाका २४ खेल सकिँदा एट्लेटिको शीर्ष स्थानको रियल मड्रिडभन्दा १३ अङ्कले पछि छ ।
'हेड टु हेड' मा लिभरपुर र एट्लेटिको मड्रिडले एक–एक खेल जितेका छन् भने दुई वटा खेलमा बराबरी खेलेका छन् । दुवै टिमले चार–चार गोल गरेका छन् ।
'अवे' म्याच लिभरपुलका लागि घातक छ । च्याम्पियन्स लिगको पछिल्लो १३ अवे खेलमध्ये सात वटामा लिभरपुल पराजित भएको छ ।
मङ्गलबार नै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बोरुसिया डर्टमण्डको मैदानमा खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।