लिभरपुल आउँदाे सिजनकाे च्याम्पियन्स लिगमा छनाेट

 फागुन ६, २०७६ मंगलबार ११:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लिभरपुल आउँदाे सिजनमा हुने च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको छ ।

प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपछि लिभरपुलले १२ खेलअघि नै च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।अब याे सिजनकाे बाँकी १२ वटै खेल हारे पनि लिभरपुल शीर्ष चारमा पर्ने पक्का भएको हो ।

लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीविरुद्ध २५ अङ्कको अग्रता लिएको छ भने चोैथो स्थानको चेल्सीभन्दा ३५ अङ्कले अघि छ ।

युरोपेली महादेशको क्लब प्रतियोगिता च्याम्पियन्स लिगको आउँदाे अर्को संस्करणका लागि छनोट हुने लिभरपुल पहिलो टोली समेत बनेको छ । शीर्ष चारमा नपरेको भए पनि लिभरपुलले डिफेन्डिङ च्याम्पियनको नाताले समूह चरणमा स्थान बनाइसकेको थियो ।

च्याम्पियन्स लिगमा इङ्ग्ल्याण्डको शीर्ष डिभिजनबाट चार टिमले सहभागिता जनाउनेछन् । डिफेन्डिङ च्याम्पियन, युरोपा लिगको विजेताले स्वतः स्थान बनाउनेछन् ।

यस्तै इंग्ल्याण्ड, स्पेन, जर्मनी र इटालीको शीर्ष डिभिजनबाट चार–चार टिमले समूह चरण खेल्नेछन् । यस्तै दश देशका लिग च्याम्पियन, ६ वटा देशका उपविजेताले पनि समूह चरणमा प्रवेश पाउने प्रावधान छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया