उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - युरोपा लिगको नकआउट चरणको पहिलो लेगमा इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्सले स्पान्योलमाथि जित हात पारेको छ ।
अन्तिम ३२ को पहिलो लेगमा डिएगो जोटाले ह्याट्रिक गर्दा उल्भ्सले स्पान्योललाई ४-० ले हरायो । यो जितसँगै उल्भसको प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना बढेको छ । उल्भरकाे मैदानमा भएको खेलमा जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले युरोपा लिगको समूह चरणको अन्तिम खेलमा बेसिक्टासविरुद्ध ह्याट्रिक गरेका थिए ।
खेलको १५औं मिनेटमा जोटाले गोल गर्दै उल्भरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा जोटाको गोलको अग्रता कायम रह्यो । ५२ औं मिनेटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाए । त्यसपछि ६७ र ८१औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई प्रभावशाली जित दिलाए ।
युरोपा लिगको अर्को दाबेदार टोली इन्टरमिलानले बुल्गेरियाको लुदोगेरेट्सलाई २-० ले पराजित गर्यो । बुल्गेरियामा भएको खेलमा एन्टोनियो कोन्टेको टोलीलाई जीत दिलाउनका लागि क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा इरिक्सनले लुकाकुको पासमा गोल गरेका थिए । लउटारो मार्टिनेजको स्थानमा लुकाकु मैदान प्रवेश गरेपछि इन्टरमिलानको खेल सुधारिएको थियो । खेलको अन्तिम समयमा लुकाकुले गोल गर्दा इन्टरमिलानले सहज जित निकाल्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।