उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
आईसीसी महिला टी-२० विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेकाे छ ।
सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।
राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको थियो । उसकी ओपनर स्मृति मन्धाना १० रनमा आउट भइन । त्यसपछि सफाली बर्मापनि २९ रनमा पेभेलियन फर्किदा भारतले ४३ रनमा दोस्रो विकेट गुमायो ।
त्यसपछि क्रिजमा आएकी कप्तान हरमनप्रित कौर मात्र दुई रन आउट हुँदा भारतले ४७ रनमा तेस्रो विकेट खेर फाल्यो । तर चौथो विकेटका लागि दिप्ती शर्मा र जेमीमा रोड्रिगेजले अर्धशतकीय साझेदारी गरे । जसमा जेमीमाले २६ रन बनाए ।
अन्तिममा भारतका लागि दिप्ती शर्माले ४९ रनको पारी खेलिन ।
जवाफमा अस्ट्रेलिया १९ ओभर ५ बलमा एक सय १५ रनमा रोकियो । मध्यम सुरुवात गरेको अस्ट्रेलियाको मध्यक्रमका खेलाडीले राम्राे प्रदर्शन सकेनन् । उसका लागि अलिशा हिलेले सर्वाधिक ५१ रन बनाइन । उनले ३५ बलमा छ चौका र एक छक्का प्रहार गरिन् ।
३२ रनमा पहिला विकेट गुमाएको अस्ट्रेलियाले ५५ रनमा दोस्रो तथा ६७ रनमा तेस्रो विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिए । उनले ८२ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो । अस्ट्रेलियाको लागि एस्लेइघ गार्डनेरले ३४ रन बनाइन् ।
अस्ट्रेलियालाई कम स्कोरमा रोक्न पुनम पाण्डेले चार तथा शिखा पाण्डेले ३ विकेट लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।