३३ मध्ये ३१ वडाको नतिजा सार्वजनिक : कहाँ कसको जीत ?
मंसिर १७, २०८१ सोमबार
बार्सिलोनामा केही समयअघि अनुबन्धित भएका युवा खेलाडी मार्टिन ब्रेथवेटले कप्तान मेस्सीबारे टिप्पणी गरेका छन् ।
पहिलोपटक एल क्लासिको खेल्न लागेका उनले मेस्सीको खुलेर तारिफ गरेका छन् । उनले आफ्नो लागि एल क्लासिको नौलो प्रतिस्पर्धा भएको र आफूले त्यसको भरपुर अनुभव लिने बताए भने क्लासिको बार्सिलोनाको लागि महत्वपूर्ण भएको बताए ।
आफ्नो डेब्यु खेलमा नै बार्सिालोनाका कप्तान लियोनल मेस्सीका लागि एसिस्ट उपलब्ध गराएका उनले मेस्सीसँग अँगालो हालेको जर्सी कहिल्यै नधुने बताएका थिए । उनले हालै मेस्सीबारे बोल्दै मेस्सीले जस्तो अरु कसैले गर्न नसक्ने बताएका छन् ।
‘मेस्सीले जे गर्न सक्छन् त्यो अरु कसैले गर्न सक्दैनन् । यदि फुटबल धर्म हुन्थ्यो भने मेस्सी पक्कै पनि भगवान हुने थिए किनकि उनी सम्पूर्ण खेललाई सन्तुलनमा राख्न माहिर छन् र उनी उत्कृष्ट खेलाडी हुन्’, ब्रेथ्वेटले भने ।
उनले आफ्नो बार्सिलोनाको साथमा भएको पहिलो प्रशिक्षणलाई सम्झिँदै बार्सिलोनामा हुन पाउनु गर्वको कुरा भएको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।