उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
आईसीसी टी-२० महिला विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित दर्ता गरेको छ ।
शुक्रबार भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ४२ रनले पराजित गरेको हो । १५९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९।४ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएकाे थियो । पाकिस्तानका लागि अलिया रइजले सर्वाधिक ४१ रन बनाउँदा जावरिया खानले १६ रन बनाइन् । अरु खेलाडीले उलेख्य प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानलाई रोक्ने क्रममा सरा ग्लेन, आन्या श्रब्साेलले तीन तीन विकेट लिँदा क्याथरिन ब्रुन र सोफि इक्लिस्टनले दुई-दुई विकेट हात पारे । पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसका लागि कप्तान हिदर नाइटले ६२ रन बनाउँदा नतालि सिभरले ३६ तथा फरान विल्सनले २२ रन जोडिन् । पाकिस्तानका अइमान अनवरले तीन विकेट लिँदा निदा दारले २ विकेट लिइन् ।
जितसँगै इंग्ल्याण्डले तालिकामा ४ अंक बनाएको छ । समान चार अंक बनाएको दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । समूह बीबाट सेमिफाइनल पुग्नका लागि इंग्ल्याण्डले वेस्टइण्डिजलाई पराजितग गर्नुपर्नेछ ।
यो समूहबाट तीन खेलमा पराजित भएको थाइल्याण्ड प्रतियोगितबाट बाहिरिइसकेको छ भने पाकिस्तान र वेस्टइण्डिजको समान २–२ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।