अमेरिका र तालिवानबीच शान्ति सम्झौता, १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता हुने

 फागुन १७, २०७६ शनिबार १९:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिका र विद्राेही समूह तालिवानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अफगानिस्तानमा १८ वर्षदेखि भैरहेको द्वन्द्व अन्त्यको लागि अमेरिका र तालिवानबीच कतारको दोहामा शान्ति सम्झौता भएको हो ।

सम्झौतामा अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र तालिवानका प्रतिनिधीले हस्ताक्षर गरेका छन् । सम्झौताको पूर्ण पालना भएमा अमेरिका र उत्तर एटलान्टक सन्धी संगठन नाटोका सैनिकले १४ महिनाभित्र अफगानिस्तान छाड्न सक्ने भएका छन् ।

तालिवान र अमेरिकाबीच शान्ति सम्झौता भएपछि अफगानिस्तानमा १८ वर्षदेखि भैरहेको द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी फौज तैनाथ हुँदै आएको छ । युद्धका क्रममा २४ सयभन्दा धेरै अमेरिकी फौज मारिएका छन् भने अझै १२ हजारभन्दा धेरै सैनिक अझै अफगानिस्तानमा रहेका छन् । 

शान्ति सम्झौतालाई विश्व समुदायले ठूलो महत्वका साथ हेरिरहेको छ । एक हप्ताअघि नै अमेरिका, अफगानस्तानका सुरक्षाकर्मी र तालिवानबीच आक्रमण नगर्ने समझदारी भएको थियो । अमेरिकाको पेन्टागनमा आक्रमण भएपछि अमेरिकाले २००१ मा अफगानिस्तान सरकारलाई सैन्य लगायत सहयोग गर्दै तालिवान लडाकुविरुद्ध आक्रमण सुरु गरेको थियो । 

अमेरिकाले नै तालिवानसँग सम्झौताका लागि आह्वान गरेकाे हाे । संयुक्त घोषणासभामा अफगानिस्तानका राष्ट्रपति असरफ घानी, अमेरिकी रक्षामन्त्री मार्क एस्पर सहित उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जिन्स स्टेलनबर्ग लगायतको उपस्थिती रहेकाे थियाे । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया