काठमाण्डौका केही ठाउँमा बिजुली अबरुद्ध हुने
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन सुरु गरेकाे छ ।
सिञ्चेओन्जी चर्चले सङ्क्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हाे । आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस सङक्रमण सारेको कोरिया सरकारको आरोप छ ।
राजधानी सियोलको स्थानीय सरकारले चर्चका संस्थापक म्यान ही र अरु ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको बीबीसीले जनाएकाे छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३ हजार ७ सय ३६ जनामा संक्रमण भएको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियामा सङ्क्रमितको संख्या हरेक घण्टा बढिरहेको कोरियाली सञ्चार माध्ययमले जनाएका छन् । अहिले चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको अवस्था सबैभन्दा खराब रहेकाे छ ।
यसैबीच कोरोना सङ्क्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या तीन हजार ५३ पुगेको छ । संसारभर ८९ हजारभन्दा धेरै काेराेना संक्रमित भएका छन् भने ४५ हजार १ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण ६५ भन्दा धेरै देशमा फैलिसकेकाे छ भने विश्व स्वास्थ्य संगठनले विश्वव्यापी समस्या ल्याएको भन्दै उच्च सतर्कता अपनाउन विश्वका सबै देशलाई अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।