मलेशियालाई हराउँदै हङकङ ‘एसिया कप क्वालिफायर’ का लागि छनाेट

 फागुन २३, २०७६ शुक्रबार १९:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एसिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ ।

थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा हङकङले मलेशियालाई ६ विकेटले पराजित गरेको हो । यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ । हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो ।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेशियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाP । बलिङतर्फ मलेशियाका पवनदीप सिंहले दुई विकेट लिनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो । उसका लागि विरान्दिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाएका थिए ।

हङ्कङका मोहमद अजिज खानले दुई विकेट लिए । हङकङले चार खेलमा छ अङ्क जोड्याे भने प्रतियोगिताको उपाधि भने सात अङ्क जाेडेकाे सिङ्गापुरले जित्याे ।

शुक्रबारै हुने भनिएको नेपाल र सिङ्गापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो । वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक-एक अङ्क बाँडेका थिए । नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया