आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा खराव प्रदर्शन गरेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको प्रतियोगितामा चौथो स्थानमा रहेर घर फर्किएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टिमले नराम्रो खेलेको बताए ।
उपाधि जित्ने लक्ष्यका साथ थाइल्याण्ड गएको नेपाली टोली खराब नतिजाका साथ स्वदेश फर्किएका हुन् । नेपालले खेलेका चार खेलमध्ये एकमा जित, एकमा बराबरी र दुईमा हार ब्यहोरेको थियो ।
आइसीसी विश्वकप छनोटअन्तर्गत सिंगापुरमा भएको एशिया क्वालिफायर्सपछि नेपाली टिमले यस्तो नराम्रो नतिजा हात पारेको हो ।थाइल्याण्डबाहेकको खेलमा नेपालका कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । यसपटक पनि नेपाली टोलीको ओपनिङ जोडी परिवर्तन हुँदा फेल खायो ।
चार खेलमा नेपालले दुई वटा जोडीलाई ओपनिङका लागि पठाएको थियो । तर दुवै जोडीले राम्रो गर्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।