नेदरल्यान्ड्सले दियाे नेपाललाई १ सय ५८ रनकाे लक्ष्य
माघ १७, २०८१ बिहिबार
काठमाण्डौ - ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले भारतलाई समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गर्नुभएको छ ।
यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न उहाँले आग्रह गर्नुभयो ।
‘अहिले हामी भारतबाट विद्युत खरिद गरिरहेका छौं’, सिंहदरबारमा रहेकाे मन्त्रालयमा भेट्न आउनुभएका भारतीय ऊर्जा मन्त्रालयका सचिव संजिव नन्दन (एसएन) सहायसँग बुधबार मन्त्री पुनले भन्नुभयो, ‘अब हामी भारतमा बिजुली निर्यात गर्न सक्ने भएका छौँ । त्यसका लागि जारी प्रक्रियाले गति लेओस् भन्ने चाहन्छौं ।’
नेपाल विद्युत प्राधिकरण र भारतीय केन्द्रीय विद्युत प्राधिकरण (सीईए) बीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भइसकेको छ । तर, उक्त सम्झौता अनुसार भारतीय ऊर्जा मन्त्रालयले त्यहाँको विद्युत प्राधिकरणलाई विद्युत व्यापारको सहमति दिन ढिलाइ भएका कारण उक्त काम सुरु हुन सकेको छैन ।
मन्त्री पुनले दुई देशका प्राधिकरणबीच भएका सम्झौताअनुसार ऊर्जा मन्त्रालयबाट सहमति दिने काम छिटो गरिदिन आग्रह गर्नुभयो । जवाफमा सचिव सहायले त्यो छिट्टै हुने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री पुनले बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनबारे यसअघि दुई देशबीच पटकपटक छलफल र सहमति भएको स्मरण गराउँदै उक्त काम छिट्र्ट सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपालले १२ सय मेगावाटको बुढीगण्डकी, ७ सय ५६ मेगावाटको तमोर र ६ सय ३५ मेगावाटको दूधकोसीजस्ता ठूला जलासययुक्त आयोजना निर्माणको काम अघि बढाएको र ती आयोजनाबाट भारतले समेत अप्रत्यक्ष लाभ लिनसक्ने मन्त्री पुनको भनाइ थियो ।
ती आयोजनाबाट भारतको तल्लो तटीय क्षेत्रमा वर्षेनी हुने बाढी÷डुबान नियन्त्रण, सिंचाइ, खानेपानी तथा जलयातायातमा लाभ लिन सक्ने बताउनुभयो । दुवै मुलुकले लाभ लिने भएकाले त्यस्ता आयोजनामा सहकार्य गर्न मन्त्री पुनले प्रस्ताव गर्नुभयो । यस्तै मन्त्री पुनले भारत सरकार र भारतीय कम्पनीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा थप लगानीका लागिसमेत अपिल गर्नुभयो । नेपालमा लगानीको राम्रो वातावरण बनेको उहाँको भनाइ थियो ।
जवाफमा भारतीय ऊर्जा सचिव सहायले विद्युत व्यापार सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम छिट्टै अगाडि बढ्ने विश्वास व्यीक्त गर्नुभयो । अरुण तेश्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउन नेपाल सरकार र ऊर्जा मन्त्रालयले राम्रो सहजीकरण गरेको भन्दै सचिव सहायले प्रशंसा गर्नुभयो ।
सचिव सहायले नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा थप सहकार्य हुने बताउनुभयो । नेपालको जलविद्युत भारतको सौर्य र बायु ऊर्जाको पूरक हुने भन्दै सचिव सहायले नेपालको जलविद्युत क्षेत्रमा भारतबाट थप लगानी आउने प्रतिबद्धता जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।