परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्छाैँ : प्रधान...
चैत ३, २०८१ आइतबार
दाङ – दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट पाँच जना घाइते भएका छन् । तुलसीपुर–१७ मानपुरका ५६ वर्षीय रामकृष्ण चौधरी, उहाँका छोरीहरु २० वर्षीया प्रिमा र २८ वर्षीया शान्ता, ४२ बर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश ००२–००१ त ००८५ नम्बरको ट्याक्टर हिजो बेलुका साढे ७ बजे एक्कासी घरभित्र पसेको थियो । घर भत्किएको छ । दुर्घटनाकाे बेला खाना खाइरहेका पाँच जना घाइते भएका हुन् । उनीहरुको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै सहचालक र चालक फरार रहेका तथा ट्याक्टर धनी भने सम्पर्कमा आएको प्रहरीको भनाइ छ । रामकृष्ण चौधरीले घरमा नास्ता पसल सञ्चालन गर्दै आउनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।