ट्रंक लाइन बक्यौता : छानबिनका लागि अख्तियारलाई निर्देशन दिन अध्ययन समितिकाे सुझाव

 फागुन ३०, २०७६ शुक्रबार १५:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - लेखा समितिकाे डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले तत्कालीन समयमा व्यवस्थापनमा रहेका व्यक्तिहरुमाथि छानबिन गर्न अख्तियारलाई निर्देशन दिन सुझाव दिएको छ । 

२०७३ असार १६ गते विद्युत महसुल निर्धारण आयोगले ट्रंक लाइन जोड्ने ग्राहकहरुबाट लिनुपर्ने महसुल दर नलिएर गम्भीर लापरवाही गरेकोले छानबिन गरी दोषी उपर कारवाही अगाडी बढाउन सुझाव दिएको हो । 

डा. मिनेन्द्र रिजाल संयोजक रहेको उपसमितिले तत्कालीन समयको सञ्चालक समिति, प्रबन्ध निर्देशक, विभागीय जिम्मेवारी लिएका पदाधिकारीमाथि छानबिन गरी कारवाही गर्न निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

आयोगले २० घण्टा वा त्यसभन्दा बढी समय लोडसेडिङ कायम रहेको अवस्थामा छुट्टै ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने ग्राहकले डेडिकेटेड ग्राहक सरहको महसुल कायम गर्ने निर्णय कार्यान्वयन नगरेकोले छानबिन गरी कारबाहीका लागि सिफारिस गरेको रिजालले बताउनुभयो ।

उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत लिइ समयमै महशुल नतिर्ने ग्राहकलाई विद्युत नियमावली २०६९ र विद्युत महसुल संकलन नियमावली २०७३ अनुसार कुनै कारबाही नभएकोले आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिन पनि भनेको छ ।

यस्तै विद्युत महसुल संकलनलाई व्यवस्थित गराउन डाटा डाउनलोड गरी सुरक्षित राख्ने, छुट बिल जारी गर्दा प्रकृया पुर्याउने, डाटा डाउनलोड गरी हार्ड कपी सुरक्षित राख्ने र ग्राहकको परिसरमा जडान गरिएको टीओडी मिटरको डाटा सुरक्षित राख्न पनि प्राधिकरणलाई निर्देशन दिन भनेको छ । 

उपसमितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीमा प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्नेगरी कुनै निर्देशन नगराउन सरकारलाई निर्देशन दिन पनि सुझाव दिएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया