राजीनामा दिएर आराम गर्न प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्षको सुझाव

 चैत १, २०७६ शनिबार १७:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । 

अस्वस्थ हुनुभएको कारण प्रधानमन्त्री ओलीले देशप्रतिको कर्तव्य निभाउन नसकेको भन्दै जबराले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न आग्रह गर्नुभएको हो। 

शनिबार काठमाण्डौमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘प्रधानमन्त्री स्वस्थ हुँदा पनि देशको लागि केही गर्नुभएन । उहाँले अब राजीनामा दिँदा नै उचित हुन्छ ।’अध्यक्ष जबराले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको आरोप लगाउनुभयो । 

संविधान जारी गर्दा राप्रपा पनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरु एक भएर लड्नुपर्ने भनेर राख्नुभएको प्रस्ताव सकारात्मक भएको जबराले भन्नुभयो ।  

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया