अन्तिम अभ्यास खेलमा नेपाल १ सय ३४ रनले विजयी

 साउन १०, २०७५ बिहीबार २१:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल अन्तरगत इष्ट लण्डन शार्क्सलार्इ १३४ रनले पराजित गरेको छ ।

यससँगै युरोप भ्रमणमा रहेको नेपाली टोलीले खेलेका ४ खेल ३ वटा अभ्यास खेलमा विजयी हुँदै सुखद् अन्त्य गरेको छ ।

नेपाल दुईवटा एक दिवसीय र एउटा टी-ट्वान्टी क्रिकेटमा विजयी भयो । शार्क्सलार्इ नेपालले दिएको २५२ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा शार्क्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । नेपालका लागि तीन जना ब्याट्सम्यानहरुले अर्धसतकीय पारि खेलेका छन् ।

ज्ञानेन्द्र मल्ल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले अर्धसतक भन्दा बढी रन बनाएका हुन् । आजको खेलमा ओपनर व्याट्सम्यान ज्ञानेन्द्र मल्लले ७५ रनको पारि खेले । ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे ।

यसअघि ५० ओभरको अभ्यास खेलमा सतकीय पारि खेलेका अनिल शाह आज भने चल्न सकेनन् । उनी जम्मा ११ बल सामना गर्दै ८ रनमा पेभेलियन फर्किएका थिए । यसैगरी ३० बल खेलेका कप्तान पारस खड्काले ६७ रन बनाए ।

६ छक्का र ४ चौका प्रहार गरे । २६ बल खेलेका दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे ।

विस्फोटक व्याटिङ गरेका ऐरीले ६ छक्का र ४ चौका प्रहार गरेका थिए । रोहित कुमार पौडेल १२ रन बनाउँदा आरिफ सेख २ रनमा आउट भए । इष्ट लण्डनका सलिम अकबरले २ तथा अर्सद हारुन र बिलाल बटले एक एक विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया