काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी - कोरोना भाइरस (कोभिड-१९ ) को रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको मङ्गलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र जोखिम न्यूनीकरण गर्न बजेट विनियोजन गरेको हो।
सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अञ्चल अस्पताल आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका सबै पालिकामा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उप-महानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।
मन्त्रिपरिषद्ले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीहरूलाई लगत सङ्कलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारहरूलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
कोरोना भारइसको विपद्लाई मध्यनजर गरी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।