हमाससँगको युद्धविराम वार्ता चलिरहेका बेला गाजामा इजरायली हव...
चैत ३, २०८१ आइतबार
हेटौँडा – मकवानपुरमा लकडाउन दिनभर पालना हुने भए पनि साँझपख भने कार्यान्वयन भएको छैन । दिनभर घरमा बसेका हेटौँडाका नागरिकहरु साँझ परेपछि अत्यावश्यक सामान खरिद गर्नका लागि एकैपटक बजार निस्कँदा लकडाउनको कार्यान्वयन हुन समस्या भएको हो ।
हेटौँडा बजार क्षेत्र, खोपेगल्ली र बसपार्क लगायतका क्षेत्रमा खाद्यान्न, तरकारी र फलफुल खरिद गर्न हेटौँडावासी एकैपटक निस्कँदा लकडाउनको उल्लङ्घन भएको हो । दिनभर घरमा वसेका मकवानपुरका नागरिक भने साँझ परेपछि घरबाहिर निस्कने गरेका छन् ।
दिउँसो मकवानपुर प्रहरीले सडकमा हिँड्ने र सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिने र साँझ प्रहरीले अलि खुकुलो गरेका कारण लकडाउनको पूर्णरुपमा कार्यान्वयन भएको छैन । लकडाउन कार्यान्वयन गराउनका लागि हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत आफै पनि ठाउँ ठाउँमा पुग्नुभएको छ ।
लकडाउनको पूर्ण कार्यान्वयन गराउनका लागि आफू लागि परेको मेयर महतले बताउनुभयो । लकडाउनको कार्यान्वयन नगर्ने धेरैलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठोरले जानकारी दिनुभयो ।
लकडाउन सुरु भएको तीन दिनसम्ममा मकवानपुर प्रहरीले दुई सय ४७ वटा गाडी नियन्त्रणमा लिएको छ । त्यस्तै लकडाउनको उल्लङ्घन गरेर सडकमा हिँड्ने ९४ जनालाई नियन्त्रणमा लिएर छोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।