पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतको धार्चुलाबाट तुइन, ट्युबमार्फत र पौडिएर नेपालीहरु नेपाल फर्कने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले ४ ठाउँमा सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ ।
कोरोनाको संक्रमण रोकथामको लागि सरकारले देशभित्र लकडाउन गरेको र सीमानाका बन्द गरेपछि १ हजार भन्दा धेरै नेपाली दार्चुलाको पारिपट्टी भारतीय भूमी धार्चुलामा रहेका छन् । सरकारले नेपाल आउन नदिन महाकाली नदीको पुल बन्द गरेको छ ।
तर केहि नेपालीहरु भने महाकालीमा पौडिएर, तुइनमा र ट्युवमार्फत नेपाल आइरहेका छन् । अहिलेसम्म झण्डै एक सय जना नेपाली महाकाली तरेर नेपाल प्रवेश गरेको अनुमान रहेको दार्चुला प्रहरीले जनाएको छ ।
केहि ठाउँबाट दिउँसै र केहि ठाउँबाट रातको समयमा पनि दैनिक १०÷१२ जना नेपाली धार्चुलाबाट नेपाल आइरहेकाले यसलाई रोक्न प्रशासनले ४ वटा ठाउँमा चौविसै घन्टा खटिनेगरी शसस्त्र प्रहरी परिचालन गर्न लागेको हो ।
ब्यास गाउँपालिका वडा नम्बर दुई दुम्लिङ, वडा नम्बर पाँच धौलाकोटको स्याँखु, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी र लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा १०÷१० जनाको दरले सशस्त्र प्रहरी परिचालनको तयारी भएको हो । सिमामा धेरै प्रहरी खटिनेभएपछि धनगढीबाट ४० जना प्रहरी दार्चुला जाँदैछन् ।
धार्चुलाको बसाइ छैन सजिलो, केहीलाई रुघाखोकी
अहिले भारतको धार्चुलामा ५ वटा शिविरमा १ हजार ६ जना नेपाली रहेका छन् । उनिहरुलाई विभिन्न स्कुल,क्याम्पस र सानो रंगशालामा राखिएको छ । कोरोनाको संक्रमण रोकथामको लागि क्वरेण्टीनमा राख्नुपर्ने भएपनि नेपालीहरु कोचाकोच भएर बसिरहेका छन् ।
धार्चुलाबाट १७ किलोमिटर टाढा रहेको बल्वाकोट, निगलपानी, २८ किलोमिटर परको जौलजिवी र बरम क्षेत्र र धार्चुलाको स्टेडियममा नेपालीलाई राखिएको छ । बल्वाकोटमा तीन सय ७१ जनालाई राखिएको छ भने धार्चुलाको स्टेडियममा एउटै शिविरमा ३ सय २५ जनासम्म राखिएको छ ।
आफुहरुले दुईछाक खान पाएको र घामपानी छेक्ने छानो मात्रै पाएको नेपालीको गुनासो छ । धार्चुलाको शिविरमा रहेका सुवास विश्वकर्माले भन्नुभयो, ‘हामीलाई २ छाक खान दिइरहेको छ, राती ५ जनासम्म एउटै ओच्छ्यानमा सुत्नुपर्छ, भात बाहेक अरु खानेकुरा खान पाइएको छैन, यहाँ शिविरमा धेरैलाई रुघाखोकी पनि लागेको छ, यहाँको बसाई त बुहतै दुख छ हजुर ।’
भारतबाट आए नौ सय ४६ जना, क्वरेन्टिनमा छन् दुई सय २० जना
कोरोना संक्रमणको जोखिम बढेपनि दार्चुलामा भारतबाट नौ सय ४६ जना भित्रिएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनिहरु सबैलाई कम्तिमा १४ दिन क्वरेन्टिनमा राख्नुपर्ने थियो । तर अहिलेसम्म जम्मा २ सय २० जना मात्रै क्वरेण्टीनमा रहेका छन् ।
अरुलाई खोज्नको लागि पालिकाहरुलाई अनुरोध गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । दार्चुलाभर ६ सय ७३ बेडको क्वरेन्टिन तयार रहेकोमा अहिले जम्मा दुई सय ३० जना मात्रै क्वरेण्टीनमा बसेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।