नेपाल, नेदरल्याण्ड्स र एमसीसीको त्रिकोणात्मक क्रिकेट शृंखला आज

 साउन १३, २०७५ आइतबार ७:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले आइतबार नेदरल्याण्ड्स र इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । मैत्रीपूर्ण भए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको यो शृंखलाका लागि नेपाली टोली अघिल्लो हप्ता नै  इंग्ल्याण्ड पुगेको छ । 

एमसीसीसँगको खेल नेपाली समय अनुसार बेलुका ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सले नेपाली समय अनुसार राति साढे १० बजेपछि खेल्नेछन् । त्यसअघि दिउँसो पौने ३ बजे नेदरल्याण्ड्स र एमसीसीको खेल हुनेछ । एमसीसीको कप्तानी भेट्रान श्रीलंकाली क्रिकेटर महेला जयबर्द्धनेले गर्नेछन् ।

नेपालका कप्तान पारस खड्काले नेपाली टीमका लागि आजको खेल महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् । ३ वर्षपछि नेपाली टोली आईसीसीले मान्यता दिएको ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न लागेकाले नेपालका लागि आजको खेल महत्वपूर्ण र इतिहास बनाउने अवसर भएको कप्तान खड्काको भनाइ छ । 

 

मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टीको मान्यता दिएको छ । दुवै ट्वेण्टी ट्वेण्टी अन्तर्राष्ट्रिय मान्यता पाएका टीम हुन् । 


एक हप्ताअघि इंग्ल्याण्ड पुगेको नेपाली टोलीले त्यहाँका स्थानीय क्लवहरुसँग दुई एकदिवसीय र दुई ट्वेण्टी ट्वेण्टी ढाँचाका अभ्यास खेल खेलेको थियो । जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजित भएको थियो ।

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले आगामी बुधबार र शुक्रबार नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो । 


 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया