उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । अमेरिकाको मिचिगनस्थित एन आर्वर मैदानमा एक लाख भन्दा बढी दर्शकको माझमा लिभरपुलले घरेलु प्रतिद्वन्द्वी युनाइटेडलाई ४–१ गोल अन्तरले स्तब्ध बनायो ।
जोसे मोरिन्होले युनाइटेडमा ब्यापक फेरबदल गर्दा अघिल्लो सिजन प्रिमियर लिग नै नखेलेका पाँच खेलाडी मैदानमा उतारेका थिए । त्यसको विपरित लिभरपुलले भने मोहम्मद सलाह, साडियो माने र जेर्दन शाकिरी जस्ता उत्कृष्ट खेलाडी पहिलो एघारमा खेलाएको थियो । २८औं मिनेटमा साडियो मानेले पेनाल्टीमार्फत लिभरपुललाई अग्रता दिलाए ।
तर त्यसको तीन मिनेटपछि नै एन्द्रियज परेराले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा लिभरपुलले ३ गोल थप्यो । ६६औं मिनेटमा डेनियल स्टुरिजले शाकिरीको पासमा गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । ७४औं मिनेटमा शेयी ओजोले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुलले ३–१ को अग्रता लियो । लिभरपुल यतीमा रोकिएन ।
जेर्दन शाकिरीले ८२औं मिनेटमा उत्कृष्ट बाइसाइकल किकमा गोल गरेपछि लिभरपुलले प्रि–सिजनमा घरेलु प्रतिद्वन्द्वीलाई स्तब्ध बनायो । प्रि–सिजनमा अब लिभरपुलले इटालियन क्लब नेपोलीसँग शनिबार खेल्नेछ । त्यसपछि टोरिनोसँग खेल्दै प्रि–सिजन अन्त्य गर्नेछ ।
म्यान्चेष्टर युनाइटेडले भने आउँदो बुधबार मायामीमा रियल मड्रिडसँग खेल्नेछ भने शनिबार एलिनाज एरेनामा जर्मन च्याम्पियन बायर्न म्युनिकको सामना गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।