प्रकृति संरक्षण कोषलाई अनुकूलन कोषको नयाँ राष्ट्रिय कार्यान्वयन...
मंसिर ८, २०८१ शनिबार
बझाङ - आफ्नो देश फर्किन नपाएपछि नेपाल-भारत सीमामा रहेको क्वरेण्टीनमा एक महिलाले बच्चा जन्माएकी छन् । भारतबाट चैत १४ गते स्वदेश फर्किंदै गर्नुभएकी बझाङको थलारा गाउँपालिकाकी हर्कलादेवी दाहालले बच्चा जन्माउनुभएको हो ।
दाहालले भारतको रामपुर भन्ने ठाउँमा वैशाख १० गते बच्चा जन्माउनुभएको उहाँका श्रीमान जीवन दाहालले बताउनुभयो । आमा र बच्चाको अवस्था निकै कमजोर हुन थालेको श्रीमान दाहालको भनाइ छ । खान र बस्न उचित व्यवस्था नभएको कारण बच्चा र आमाको स्वास्थ्य कमजोर हुँदै गएको दाहालले बताउनुभयो ।
‘मात्र बिहान र बेलुका दुई छाक खान दिइएको छ । त्यो पनि धेरैजस्तो बासी, सडेगलेको र चिसो खान खानुपर्ने बाध्यता छ । जसको कारण बच्चा र आमा दुबै बिरामी भएका छन्,’ दाहालले भन्नुभयो । सुत्केरी महिलासँगै क्वरेण्टीनमा रहेका थलारा गाउँपालिकाका अन्य ९२ जनाको अवस्था पनि उस्तै छ । क्वरेण्टीनमा बढी महिला र बालबालिका रहेका छन् ।
उनीहरुको अवस्था दिनानुदिन कमजोर हुँदै गएको स्थानीय भरतबहादुर थापाले बताउनुभयो । ‘न खानेपानीको व्यवस्था छ, न बस्ने राम्रो प्रबन्ध नै । त्यसमा झन् ५ वर्ष मुनिका बालबालिका, गर्भवती, सुत्केरी महिला र वृद्धवृद्धाहरुलाई जोखिम बढ्दै गएको छ,’ थापाले भन्नुभयो । नाममात्रको क्वरेण्टीन छ । बाथरुमको फोहोर पानी पिउनुपर्ने बाध्यता छ । त्यो पनि बत्ती नआएको दिन पानी आउने गरेको छैन ।
बालबालिकाले खाना खानेबित्तिकै बान्ता गर्न थालेका छन् । खाना राम्रो नभएको कारण खानेबित्तिकै सबैलाई बान्ता हुने गरेको उनीहरुले गुनासो गरे । बिरामी भएर औषधिको माग गर्दा तपाईंहरुको सरकारले के दिएको छ ? हाम्रो सरकारले तपाईंहरुलाई खाना खुवाएको छ । यत्रो व्यवस्था गरेको छ । तपाईंहरुको सरकारले तपाईंहरुलाई लग्न मान्दैन भन्दै भारतीय प्रहरीले बेइज्जती र गाली गर्ने गरेको उनीहरुले दुखेसो पोखे । कसैलाई यस बारेमा जानकारी गराउँदा त्यहाँको प्रहरीले लट्ठी भाँचिदासम्म हानेको उनीहरुले बताए ।
आफूहरुले जिताएका जनप्रतिनिधि, सांसद र पार्टीका सामान्य कार्यकर्ताहरुलाई समेत यसबारे बारम्बार जानकारी गराउँदा ५ हजार भारतीय रुपैयाँभन्दा बढीको रिचार्ज सकिएको र आफूहरुसँग अब फोन गर्ने पैसा पनि नभएको उनीहरुले गुनासो गरे ।
क्वरेण्टीनमा १४ दिनसम्म ठिकै व्यवहार गरेको भएपनि त्यसपछि भने तपाईंहरुको सरकारले तपाईंहरुलाई लिन आउँदैन भन्दै गालीगलौज र अपहेलना गरेको उनीहरुले तितो पोखे ।
नेपालमा फर्किन पाए सरकारको नियम पूर्ण पालना गर्नुका साथै आफूहरु आफ्नो देशमा जे पनि सहन तयार रहेको उनीहरुको भनाइ छ । स्वदेशमा चौपाया बाँध्ने गोठमा पनि बस्न आफूहरु तयार रहेको भन्दै उनीहरुले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । आफ्नो देशमा केही खान नपाएपनि सफा पानी पिएर बाँच्ने इच्छा रहेको भारतको क्वरेण्टीनका रहेकाहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।