काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
धनकुटा - धनकुटामा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
आइतबार साँझ ५ बजे घरमै रहेको पानीको ट्याङ्कीमा डुब्दा धनकुटा नगरपालिका–१ हिले मा रहेको तितुङ टोलका राजीव तितुङकी १८ महिने छोरी सिर्जनाको ज्यान गएको हो ।
खेल्ने क्रममा पानीको ट्याङ्कीभित्र खसेर डुब्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।अभिभावक अन्य काममा व्यस्त भएका बेला खेल्दै जाने क्रममा पानीको ड्रम भित्र खसेर बालिकाको ज्यान गएको हो ।
वैदेशिक रोजगारीमा रहेका बालिकाका बुबाले पठाएको पैसा निकाल्न आमा बजार गएको समयमा यो घटना भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि अहिले प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
मृत बालिकाको शवलाई धनकुटा अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।