'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - औद्योगिक क्षेत्रको पूर्वाधारमा सरकारले लगानी बढाउने भएको छ ।
४५ पालिकामा औद्योगिक ग्राम स्थापना गर्ने काम अघि बढेको र यसलाई सबैमा विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विभिन्न ठाउँमा औद्योगिक क्षेत्रको लागि काम थालिने कार्यक्रममा उल्लेख छ ।
सरकारी स्वामित्वमा रहेको बन्द तथा रुग्ण उद्योग उपयुक्त विधिबाट अधिकतम क्षमतामा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई विशेष प्रोत्साहन गरिने भएको छ ।
स्थानीय स्रोत साधनको उपयोग गरेर लघु, घरेलु तथा साना र मझौता उद्योग स्थापना गर्न प्रेरित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कम्पनी दर्ता, नवीकरण र खारेजी प्रक्रिया छिटो बनाउने, गुणस्तरलाई ध्यान दिने, गुणस्तर प्रमाण केन्द्रको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।