अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
काठमाणडै - सरकारले अबको ३ वर्षभित्र सबै घरमा खानेपानी पुर्याउने लक्ष्य लिएको छ ।
अहिले ९१ प्रतिशत नेपाली नागरिकको पहुँचमा खानेपानी पुर्याइएको दाबी गर्दै सरकारले ३ वर्षभित्र शत प्रतिशत नेपालीको घरमा खानेपानी पुर्याउने जनाएको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षमा ९४ प्रतिशत घरमा खानेपानी पुर्याइने बताउनुभयो ।
खानेपानी समस्या रहेका ठाउँहरुमा सातै प्रदेशमा एम्बुलेन्स सेवा पुर्याइएको र त्यसलाई थप विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै आउँदो आर्थिक वर्षभित्र मेलम्ची खानेपानीको आयोजना निर्माण गरिसक्ने सरकारले जनाएको छ । अरु खानेपानी आयोजनाको दोस्रो चरणको काम पनि सुरु गरिने भएको छ ।
त्यस्तै शुद्ध खानेपानी आपूर्तिका लागि कर्णाली लगात ठाउँमा विस्तृत अध्ययन गरिने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।