लक्ष्य अनुसार आएन वैदेशिक ऋण र सहायता

 जेठ ९, २०७७ शुक्रबार १०:४७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वैदेशिक अनुदान र ऋण दुवैमा कमी आएको छ ।

अर्थ मन्त्रालयका अनुसार नौ महिनामा १ खर्ब १८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । यसमध्ये अनुदान सहायता १६ अर्ब १९ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । आर्थिक प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमस १३ दशमलव ६ प्रतिशत र ८४ दशमलव ४ प्रतिशत रहेको छ । 

नौ महिनामा सरकारले १५ अर्ब १४ करोड रुपैयाँ वैदेशिक अनुदान पाएको छ । यो गत वर्षको तुलनामा ५ दशमलव १ प्रतिशतले कमि हो । गएको वर्षको पहिलो नौ महिनामा सरकारले १६ अर्ब ३८ करोड रुपैयाँ वैदेशिक अनुदान पाएको थियो । 

यस्तै वैदेशिक ऋण पनि १० दशमलव ५ प्रतिशतले घटेको छ । सरकारले नौ महिनामा ३३ अर्ब ६६ करोड वैदेशिक ऋण लिएको छ, गएको वर्ष यहि अवधीमा ३७ अर्ब ६१ करोड रुपैयाँ वैदेशिक ऋण लिइएको थियो । समग्रमा वैदेशिक सहयोग ८ दशमलव ९ प्रतिशतले घटेको छ । 

यो आर्थिक वर्षमा सरकारले ५७ अर्ब ९९ करोड वैदेशिक अनुदान र २ खर्ब ९८ अर्ब वैदेशिक ऋण गरी ३ खर्ब ५६ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक सहायता परिचालनको लक्ष्य लिएको छ ।  यो कुल बजेटको २३ दशमलव २ प्रतिशत हो र गएको आर्थिक वर्षको तुलनामा १४ दशमलव ४ प्रतिशतले धेरै हो ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया