काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पश्चिम – भेरी नदीकाे किनारमा फेरि एक युवकको शव फेला परेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन् । यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको हो ।
घटनास्थलबाट २५ किलोमिटर तल भेरी नगरपालिका १२ मा रहेको खोदा खोला नजिक भेरी नदीको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ । त्यही ठाउँमा आइतबार बेलुका चौरजहारी नगरपालिका १ का २० वर्षीय टिकाराम विकको शव भेटिएको थियो ।
त्यसअघि घटनाकै दिन शनिबार राति नै जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव भेरी नदीमै फेला परेको थियो । तीन वटै शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको मृतकका आफन्तले जनाएका छन् ।
चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी एक युवतीलाई भगाएर बिहे गर्ने योजनाका साथ साथीहरु लिएर गएका नवराजलाई युवतीका आफन्तले कुटेर हत्या गरेको मृतकका आफन्तजनले बताएका छन् ।
यता युवतीका आफन्तले भने भेरी नदीमा खसेर उनीहरुको ज्यान गएको जनाएका छन् । इलाका प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विकको अवस्था अहिलेसम्म अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।