काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पूर्व – रुकुम पूर्वमा पहिलो पटक काेराेना सङ्क्रमण देखिएकाे छ । बुधबार तीन जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएकाे हाे ।
जिल्लाको विकट मानिने पुथा उत्तरगङ्गा गाउँपालिकाका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा एक महिला र दुई पुरुषसहित तीन जनामा सङ्क्रमण देखिएको हो ।
गाउँपालिकाको वडा नम्बर १४ मा १५ वर्षीया युवती, त्यही वडाका १८ र २३ वर्षीय युवकमा कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ । तीमध्ये एक सङ्क्रमित क्वरेण्टीनबाट आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका थिए ।
तर अहिले उनको पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हाे । फागुनको अन्तिम हप्ता मलेसियाबाट पुथा उत्तरगङ्गा गाउँपालिका घरमा पुगेका उनलाई क्वरेण्टीनमा राखिएको थियो ।
गाउँपालिकाको पहलमा आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई निगरानी गरिएको थिएन । फेरि उनको पीसीआर परीक्षणको लागि दाङ पठाइएकोमा अहिले कोरोना पोजेटिभ देखिएको गाउँपालिका कार्यकारी अधिकृत रविन्द्र बुढाक्षेत्रीले बताउनुभयो ।
उनीसँगै सङ्क्रमित भएका अन्य दुई जना क्वरेण्टीनमै बसेका थिए । पुथा उत्तरगङ्गा गाउँपालिका १४ को सिद्ध मण्डली माविमा स्थापना गरिएको क्वरेण्टीनमा बसेका दुई र अर्का घरमै बसेका सङ्क्रमितलाई सुरक्षित रुपमा कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
उनीहरूको सम्पर्कमा रहेकाहरुको परीक्षणको लागि गाउँपालिकाले आवश्यक व्यवस्थापनकाे काम सुरु गरेको छ । अन्य दुई जना सङ्क्रमितहरु कहाँबाट आएका थिए भन्नेबारे केही खुलाइएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।