प्रधानमन्त्री ओलीले संसदमा सम्बाेधन गर्नुहुँदै

 जेठ २८, २०७७ बुधबार ८:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बाेधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आउँदाे आर्थिक वर्षको बजेट र विविध विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमलाई संसद् सचिवालयले आजको सम्भावित कार्यसूचीमा राखेको छ ।

यस्तै बैठकमा ३६ जना सांसदले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुनेछ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया