लगानी बोर्डको सीईओको लागि आवेदन खुला, यस्ता छन् योग्यता

 असार ६, २०७७ शनिबार ११:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लगानी बोर्ड नेपालले प्रमुख कार्यकारी अधिकृत सीईओको लागि आवेदन खुला गरेको छ ।

बोर्डका सीईओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि बोर्ड सीईओबिहीन अवस्थामा छ । बोर्डले सूचना निकालेर प्रतिष्पर्धात्मक ढंगले सीईओ नियुक्ती हुने भएकाले १५ दिनभित्र प्रधानमन्त्री तथा

मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा निवेदन दिन आग्रह गरेको छ । 

सार्वजनिक नीजि  साझेदारी तथा लगानी ऐन २०७५ मा उल्लेख भएका व्यक्तिले मात्रै सीईओ पदको लागि आवेदन दिन पाउनेछन् । 

आवेदनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससँग सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै परियोजना विकास, सार्वजनिक

खरिद, सार्वजनिक–नीजि साझेदारी, लगानी प्रवर्द्धन, विकास, प्रशासन, बैंक, वित्तीय क्षेत्र र औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्ष अनुभव भएको नेपाली हुनुपर्ने ऐनमा उल्लेख छ ।  

तर भ्रष्टाचार, चोरी, मानव बेचविखन, जवरजस्ती करणी लगायतका नैतिक पतन देखिने र फौजदारी अभियोगमा अदालतबाट कसुर ठहरिएको व्यक्ति सीईओको दावेदार बन्न अयोग्य हुनेछ । ३५ वर्ष पूरा भएको र

६५ वर्ष ननाघेकोले मात्रै आवेदन दिन पाउनेछन् । 

बोर्डको सीईओ नियुक्तीको लागि बोर्डको उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल सरकारले तोकेको विज्ञ रहेको समिति आवदेनहरुबाट तीन जनामध्ये एक जनाको नाम सिफारिस गर्नेछ ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया