अर्थव्यवस्थामा अनुमान गरेकोभन्दा धेरै असर : अन्तर्राष्ट्रिय मुद्रा कोष

 असार ११, २०७७ बिहीबार ८:१२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी कोरोना सङ्क्रमणका कारण अर्थव्यवस्थामा सुरुवाती अवस्थामा अनुमान गरेकोभन्दा धेरै असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफले जनाएको छ ।

कोरोना महामारी बढ्दै गएका कारण विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ । आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउनेछ । गएको अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो ।

कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिंदै गएको आईएमएफको भनाई छ । दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया