मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
मोरङ – झापा र मोरङका दुई ठाउँमा खोलाले बगाएर दुई जनाको ज्यान गएको छ ।
झापाको कमल गाउँपालिका ५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर ज्यान गएको हो । चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका राईकाे शव खोलाको डिलमा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी मोरङको कटहरी गाउँपालिका ७ का प्रद्युम्न सरदारकाे ६ वर्षीया छोरी दीक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर दुई जनाकाे ज्यान गयाे
झापा र मोरङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । झापाको मेची नगरनगरपालिका १४ का २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर ज्यान गएको हो । घरमा वायरिङका तारहरु सङ्कलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका भुजेललाई झापाको बी.एण्ड.सी. अस्पताल पठाइएकोमा उपचारको क्रममा ज्यान गएकाे इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ वर्षीय खेमबहादुर भुजेलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । बिजुलीको पोलमा रहेको वाइफाईको तारलाई बाँसले मिलाउने क्रममा अचानक करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
त्यही घटनामा घाइते हुनुभएकी भुजेलकी श्रीमती ३० वर्षीया कला भुजेलको नोबाेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।