काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पश्चिम – विद्युतकाे पाेल ट्रकबाट झार्ने क्रममा एक मजदुरको ज्यान गएको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुम पश्चिमका विद्युतकाे पाेल गाडीबाट झार्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेमा नगरपालिका ५ सेरीगाउँका ६२ वर्षीय गोपाल खड्काको ज्यान गएको हो ।
हेटौँडाबाट आएको ना ८ ख ३८३९ नम्बरको मालवाहक ट्रकबाट पोल झार्ने क्रममा टाउकोमा लाग्दा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिबहादुर ओलीले बताउनुभयो । पाेलले लागेर गम्भीर घाइते हुनुभएका खड्काकाे उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ज्यान गएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयाे ।
विभिन्न पालिकालाई वितरणको लागि ल्याइएकाे पोल स्टोरमा राख्नकाे लागि झारिँदै थियो ।
अन्य पाँच जना साथीहरुसँगै पोल गाडीबाट झार्ने क्रममा उछिट्टिएर खड्काकाे टाउकोमा लागेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुम पश्चिमका प्रमुख तेजनारायण महतोले बताउनुभयो ।
मृतककाे शव पाेस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।