नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

 असार २४, २०७७ बुधबार ९:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बैठक २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । 

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।

दुई अध्यक्ष एक्लाएक्लै छलफल गर्न थालेपछि विवाद केही मत्थर हुन थालेको छ, तर सहमति भने भैसकेको छैन ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया