काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, पानी पर...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – साउदीले कोरोनाको कारण समस्यामा परेका र स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई बहिर्गमन भिसा दिन थालेको छ ।
विभिन्न कारणले बहिर्गमन भिसा नपाएका र दूतावासमा आफ्नो विवरण टिपाएका नेपालीका लागि दूतावासको पहलमा साउदीले बहिर्गमन भिसा दिन थालेको हो ।
साउदीमा कम्पनीमा काम गर्दा साउदी आवासीय अनुमति पत्र (अकमा) नबनाइएका वा नवीकरण नहुँदा बहिर्गमन भिसा नपाएका तर स्वदेश फर्कन पर्ने अवस्थामा रहेकाको सहज रुपमा स्वदेश फिर्तीका लागि दूतावासले साउदी सरकारसँग अनुरोध गरेको थियो । जसअनुसार साउदीले अहिले त्यस्ता श्रमिकको लागि बहिर्गमन भिसा दिने प्रक्रिया थालेको दूतावासले जनाएको छ ।
त्यसैले बहिर्गमन भिसा लिन बाँकी रहेका, अकामा नभएका, हुरुव लगाएका र अकमा नवीकरण नभएका श्रमिकको लागि फेरि अर्को सूचना जारी गरेर विवरण संकलन गर्ने दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।