एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
रसुवा – बिहीबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।
स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएको छ । वर्षा भइरहेका कारण सडक खुलाउन सकिएको छैन । त्यस क्षेत्रमा पहिरो झरिरहेको कारण मान्छे हिँडडुल गर्न रोक लगाइएको छ ।
पानी पर्ने क्रम रोकिएपछि पहिरो पन्छाउने काम सुरु हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । जिल्लाको अन्य सडक खण्ड अहिलेसम्म अवरुद्ध नभएको उहाँको भनाइ छ । पासाङल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा सवारी सञ्चालन भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।