१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ ।
संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताउनुभएको हो । जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताउनुभयो ।
यसैबीच विश्व सवस्थ्य संठगनले गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् । यीमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् ।
विश्वमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड २६ लाख २५ हजारभन्दा धेरै रहेका वल्डोमिटरले जनाएको छ । यस्तै भाइरसका कारण ५ लाख ६२ हजार ७ सयभन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकाको नेश्नल इन्स्च्यिुड अफ एलर्जी इन्फेक्सियस डिजिजका प्रमुख डाक्टर एन्थोनी फाउचीले लकडाउन खोल्न हतार गर्दा अमेरिकामा मानवीय क्षति धेरै भएको बताउनुभएको छ । यसैबीच कजाकिस्तानले निमोनियाजस्तो देखिने पहिचान नभएको रोग कोरोना सङ्क्रमण नभएको दावी गरेको छ ।
त्यहाँका सञ्चारमाध्यमहरुले यस्तो स्वास्थ्य समस्या देखिएको समाचार प्रकाशन गरेका थिए । तर त्यहाँस्थित चिनियाँ दूतावासले कोरोनाजस्तै देखिने निमोनियाबाट कजाकिस्तान जुधिरहेकाले आफ्ना नागरिकलाई सजग रहन भनेको बीबीसीको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।