साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक भएको बताउनुभएको छ ।
अहिले प्रतिदिन एउटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा सङ्ख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यस विषयमा छलफल आवश्यक रहेको बताउनुभएको हो ।
सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थ मन्त्रीसमेत रहनुभएका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एक दिनमा एउटा अनलाइन दर्ता हुने गरेछ । यसरी कसरी होला ? कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने हो कि क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराइ र चौडाइमा जाने हो कि सङ्ख्यामात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’
खतिवडाले कोरोना सङ्क्रमणकाे कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । बैंकबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।