यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार छलफल भएको छ । उहाँहरुबीच ६ दिनपछि छलफल भएको हो ।
बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको विवाद कम गर्ने, बाढी पहिरो पीडितको व्यवस्थापन, कोरोना भाइरस नियन्त्रणको लागि भएका कामलगायतको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
दुई अध्यक्षले संवाद जारी राख्ने जनाएकाे पनि उहाँले बताउनुभयो । पार्टीभित्रको विवादका कारण असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक असार १८ गतेयता बस्न सकेको छैन । दुई अध्यक्षले सहमतिको बिन्दु पहिल्याउने र स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी छ ।
प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल समूहसहित सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् भने ओली पक्ष त्यसको लागि तयार भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।