रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती भोलि बुधबारदेखि सुरु हुँदैछ ।
भोलि बुधबार नै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ उडान हुने भएका छन् । भोलि नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सकाे जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् ।
भोलि नै यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज भोलि नै कुनमिङ्ग जाँदैछ । आज पनि विमानस्थलमा तीन अन्तर्राष्ट्रिय र ५ आन्तरिक उडान भएका छन् ।
बुधबारदेखि जुलाई २१ अर्थात साउन ६ गतेसम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।
याे अवधिमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडान हुने भएको छ ।हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ ।
नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।
त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।
तर जुलाई २१ पछि अवस्थाको विश्लेषण गरेर नियमित उडान गर्ने या अहिले झैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ ।
गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कृष्ण बहादुर चौधरी
July 14, 2020, 6:33 p.m.म कम्पनी बाट फिनिस भै सकेको र घर जाने तयारीमा । अहिले मेरो तलब पनि आउदैन। मलाई छिट्टो घर जान सहज गरि दिनु हुन अनुरोध गर्दछु।