थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी
माघ १७, २०८१ बिहिबार
सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका ४ मा पहिरोमा परि हराइरहेका एकै परिवारका पाँच जनामध्ये आमा र छोरीको शव भेटिएको छ ।
आमा निमा स्याङ्बु शेर्पा र छोरी याङ्जी शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोमा हराइरहेका छिरिङ्वागु शेर्पा, सुमबुट्टी शेर्पा र सेमङ शेर्पा अझै भेटिएका छैनन् ।
उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयकाे सहयोगमा खोजी भइरहेको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिनुभयो ।
पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।