उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्ययोजना बनाएको छ ।
तोकिएको समयमा बजेट कार्यान्वयन, वित्तीय पारदर्शिता तथा खरिद र टेण्डर आह्वानमा एकरुपता ल्याउन अर्थ मन्त्रालयले कार्ययोजना बनाएको हो ।
मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा विकास आयोजनासँग सम्बन्धित विभिन्न मन्त्रालयसँग छलफल गरी मार्गदर्शन समेत बनाएर पठाएको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनालगायत विकास निर्माणका लागि पहिलो चौमासिक भित्र टेण्डर गरिसक्नुपर्ने छ । यस्तै नयाँ नियमावली आवश्यक परे भदौ महिनाभित्र र नयाँ कानुनकाे लागि कात्तिक महिनाभित्र मस्यौदा तयार गरी मङ्सिर महिनामा संसदमा लैजाने गरी तयारी गर्नुपर्ने नियम कार्ययोजनामा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षकाे लागि ल्याइएको बजेट कार्यान्वयनकाे लागि सम्बन्धित सबै निकायसँग छलफल भइरहेको पनि अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले चालु आर्थिक वर्षकाे लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
यसपालिको बजेटको आकार अघिल्लो आर्थिक वर्षकोभन्दा ५८ अर्ब ३४ करोड रुपैयाँ कम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।