उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व विभागले २० लाखभन्दा कम कारोबार गर्ने र दुई लाखसम्मको आम्दानी गर्ने करदाताकाे लागि बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थ मन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुभएको हो ।
उहाँले जबसम्म प्रविधि, कानुन र सुशासनको कारणले करदातामैत्री वातावरण निर्माण गर्न सकिँदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गर्नुभयो ।
उहाँले बिहीबारदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अङ्क, ब्याज र जरिबाना सफ्टवेयरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अङ्कहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । नयाँ प्रणालीले झण्डै पाँच लाख करदाता लाभान्वित हुने उहाँले बताउनुभयो । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने पुडासैनीले विश्वास गर्नुभयो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले विभागका सबै कारोबारलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ काम गरिएको बताउनुभयो । बिहीबारदेखि लागू भएको प्रणालीले झण्डै पाँच लाख करदातालाई कर कार्यालय नगइकन कर बुझाउन सक्ने व्यवस्था भएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेश गरी आयकर निर्देशिका बिहीबारदेखि लागू गरिएको पनि जानकारी गराउनुभयो । सबै व्यावसायिक कोडलाई व्यवस्थित गर्ने नेपाल स्ट्याण्डर्ड इन्डस्ट्रियल क्लासिफिकेशन (एनएसआईसी) लागू भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गरी बिहीबारदेखि विद्युतीय माध्यमबाट करदाता कार्यालयमा नगइकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाइएको पनि कुँवरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।