भारतमा नेपालीमाथि दुर्व्यवहार : ‘मुख्यमन्त्री कार्यालयसँग कुराकानी भएको छ’

 साउन २, २०७७ शुक्रबार १३:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतमा एक नेपाली युवकमाथि दुर्व्यवहार भएकाे छ । विश्व हिन्दू सेनाका कार्यकर्ताले वाराणासीकाे गङ्गा किनारमा ती युवककाे शिर मुण्डन गर्दै जय श्रीराम लेखिदिएका हुन् ।  

उनीहरुले जय श्री रामको नारा लगाउँदै नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ । यो घटनापछि प्रहरीले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनालाई लिएर सहरका प्रबुद्ध व्यक्तिले निन्दा गरेका छन् । 

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले यो घटनाको सम्बन्धमा उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुरा भएको ट्विटरमा जानकारी दिनुभएको छ । 

याे घटनाकाे तस्बिर र भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ । सङ्गठनका कार्यकर्ताले नेपालका प्रधानमन्त्रीले आफ्नाे बयानकाे सम्बन्धमा माफी नमाग्दासम्म यस्ताे घटना दाेहाेर्‍याइ रहने बताएका छन् । सहरकाे मन्दिर, घाट र इलाकाभरि जहाँ–जहाँ नेपाली बस्दै आएका छन्, त्यहाँ–त्यहाँ चेतावनी दिने पाेस्टर टाँसेका छन् । 

सङ्गठनका राष्ट्रिय अध्यक्ष अरुण पाठकले नेपालका प्रधानमन्त्रीकाे बयान अपरिपक्व र निन्दनीय भएकाे जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे साेमबार भानु जयन्तीकाे अवसरमा बाेल्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएकाे थियाे ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनुभएकाे थियाे । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाइ थियाे । 

उहाँले भन्नुभएकाे थियाे, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।'

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सागर के.सी(हाल क्यानाडा)

    July 21, 2020, 10:10 a.m.

    यिनी सबै धोतीहरु कहिल्यै आफ्ना हुदैनन यो मानवअधिकारको हनन भयो यसलाइ अन्तराष्ट्रिय मानवअधिकार संघ मा पुराउनु पर्छ.

  •  0 Reply

तपाईको प्रतिक्रिया