साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – लगातारको पानीले पहाड र चुरे क्षेत्रका धेरैजसो भू–भाग गलिसकेकाले भोलिदेखि लगातार पर्ने पानीले पहिरोको सम्भावना थप बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
निरन्तर परेको पानीले जमिन ओसिलो र चिसो भैसकेकाले अब पर्ने थोरै पानीले पनि पहिरो खस्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । जोखिम र क्षतिलाई आंकलन गरी विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि उच्च तयारीमा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
यसपाली मनसुन सुरु भएदेखि देशका विभिन्न ठाउँ बाढी र पहिरोले विगतको तुलनामा धेरै क्षति गरेको छ । भूकम्प अति प्रभावित जिल्लामा २०७२ सालको भूकम्पका कारण जमिन खल्बलिएका कारण पनि धेरै पहिरो गएको भूगर्भविद्ले बताएका छन् ।
भूगर्भविद् शिव बाँस्कोटाले जमिन चिरा परेको, खल्बलिएको र रुखहरु ढल्किएको ठाउँमा पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । पानीका मुहानहरु सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा आफू बस्दै आएको ठाउँ आसपासको निगरानी गर्दै सतर्कता अपनाउन उहाँको आग्रह छ ।
सकेसम्म जोखिम क्षेत्रमा नबस्न र बस्नैपर्ने अवस्थामा परिवार र छरछिमेकी बीच निरन्तर सम्पर्कमा रहन, सरकारले जारी गरेका मनसुन सूचनाबारे जानकार रहन पनि उहाँको सुझाव छ । जल तथा मौसम विभागका महानिर्देशक सर्जुकुमार वैद्यले अबका केही दिन सबै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।