साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – नेपालका ६ वटा जिल्ला कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् । ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रालयले जानकारी दिएको छ ।
अहिले देशका विभिन्न अस्पतालका आइसोलेशनमा पाँच हजार आठ सय २५ जना सङ्क्रमित उपचाररत छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा एक हजार आठ सय ४४, वाग्मती प्रदेशमा चार सय ११ र गण्डकी प्रदेशमा चार सय आठ जना उपचाररत छन् ।
यस्तै प्रदेश नम्बर ५ मा चार सय १४, कर्णाली प्रदेशमा तीन सय १७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार तीन सय ५२ जना सङ्क्रमित उपचाररत छन् । नेपाल कुल सङ्क्रमितको सङ्ख्या १७ हजार पाँच सय दुई पुग्दा निको हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।