मापदण्ड विपरीत धेरै यात्रु बोक्ने सार्वजनिक गाडीलाई कारबाही

 साउन ४, २०७७ आइतबार ८:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी धेरै यात्रु बोकेका सार्वजनिक गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई चलेका ३० वटा गाडीलाई हिजो कारबाही गरेको हो । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी चलेका सार्वजनिक गाडीको विशेष जाँच गर्दा कारबाहीमा परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

दिनभर नियन्त्रण लिएर आउँदा दिनमा गल्ती नगर्ने शर्तमा छाडिएको र अर्काे पटक पनि गल्ती गरेको भेटिए थप कारबाही गरिने उहाँले बताउनुभयो । सार्वजनिक गाडी चढ्ने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने व्यवस्था छ ।

तोकिएको व्यवस्थालाई दुरुस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ । यसैबीच उपत्यकामा आउँदो बिहीबारदेखि गाडी चलाउने महानगर यातायातले तयारी गरेको छ । यसअघि काठमाण्डौमा साझा, मयूर लगायतका यातायात कम्पनीका गाडी चल्न थालिसकेका छन् ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया