उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – काेराेना भाइरसकाे प्रभावका कारण होटलहरु पूर्णरुपमा बन्द भए पनि मजदुरले तलब पाउने भएका छन् । आइतबार होटल सङ्घ नेपाल र विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको छलफलमा आउँदो डिसेम्बरसम्म होटल बन्द रहने अनुमान गर्दै होटल र मजदुर दुवै बाँच्ने र बचाउने अवधारणाका साथ काम गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार डिलक्स पाँच तारे होटल र रिसोर्टमा काम गर्ने मजदुरले मासिक १० हजार रुपैयाँ पाउनेछन्, दुई सय कोठाभन्दा कम भएको पाँच तारे होटल तथा रिसोर्टका मजदुरले मासिक नौ हजार रुपैयाँ पाउनेछन् ।
सय कोठाभन्दा बढी भएको चार तारे होटल तथा त्यही स्तरकाे रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक आठ हजार चार सय ५५ रुपैयाँ, सय कोठाभन्दा कम भएको चार तारे होटल तथा रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक आठ हजार, तीन तारे तथा त्यही स्तरकाे रिसोर्टका श्रमिक तथा कर्मचारीहरूलाई मासिक पाँच हजार रुपैयाँ दिने सहमति भएको छ ।
यस्तै दुई तारे होटलका श्रमिक तथा कर्मचारीहरूलाई मासिक चार हजार तीन सय र एक तारे र पर्यटकस्तरीयको होटलका श्रमिकले आपसी समझदारीमा मासिक तलब पाउनेछन् । कम क्षमतामा होटल चल्ने भएमा चक्रीय प्रणालीअनुसार श्रमिकले काम गर्ने र पूरै तलब लिने सहमति पनि भएको छ ।
होटल सङ्घ र मजदुर सङ्गठनबीच भएको सहमति :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajesh
July 19, 2020, 8:46 p.m.अन्य होटेलको लागि त सहमति भएछ तर रेस्टुरेन्ट र बारहरुमा काम गर्ने कर्मचारीको लागि के सहमति भएको छ ? हामीले अहिले सम्म सरकारले भनेको १२.५% सेलरी पनि पाएका छैनौ ।र अहिलेसम्म कुनै राहत पनि पायेका छैनौ ।