लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

 साउन ५, २०७७ सोमबार १८:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले लगातारकाे वर्षाका कारण सरुवा राेगकाे जाेखिम बढेकाे जनाएकाे छ । 

वर्षाका कारण आएकाे बाढी पहिरोले गर्दा दूषित पानीका कारण विभिन्न सरुवा रोगको जोखिम रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरेकाे हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो बेला झाडापखाला, आउँ, हैजा, टाइफाइडजस्ता रोगहरु देखा पर्ने गरेकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

फोहर पानी र असन्तुलित खानपिनका कारण सरुवा रोगको सङ्क्रमण बढ्ने गरेको उहाँँको भनाइ छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती यस्ता रोग/सङ्क्रमणको जोखिममा रहेकाले उनीहरुको ख्याल गर्न मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ ।

कोरानाको जोखिम पनि बढेकाले सचेत भइ सुरक्षित रहन उहाँले सुझाव दिनुभएको छ । उहाँले सम्बन्धित सबैमा उद्धार, राहत र पूर्वतयारीका लागि तयार रहन निर्देशन पनि दिनुभएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया