साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – देशका धेरै ठाउँमा पानी परेको छ । विशेषगरी वाग्मती प्रदेश, प्रदेश २, प्रदेश ५, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा धेरै पानी परिरहेको छ ।
यस्तै आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
मनसुनी न्यूनचापीय रेखा नेपालमै रहेकाले अझै केही दिन झरी पर्ने, तर भोलि बेलुकीदेखि पानी पर्ने क्रम विस्तारै कम हुने उहाँको भनाइ छ । विशेषगरी कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने क्रम कम हुँदै जाने तर पानी पर्न भने नरोकिने उहाँले बताउनुभयो ।
मनसुन अझै सक्रिय हुने देखिएकाले देशका विभिन्न ठाउँमा अझै केही दिन झरीको सम्भावना रहेको तर भोलि बेलुकीदेखि तुलनात्मक रुपमा कम पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
विशेषगरी बागमती प्रदेश, प्रदेश २, प्रदेश ५, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा धेरै पानी परिरहेको छ । गएको ६ घण्टामा रुपन्देहीको सूर्यपूरामा मात्रै ६७ दशमलव २ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार झरी परेपछि विभिन्न नदीमा ठूलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, तिनाउ, लालबकैया र कोशी नदीमा पानीको सतहले खतराको तह पार परेको छ ।
यी नदीमा बाढी आएकाले आज नवलपरासीको सुस्ता, चितवनको सौराहा, रुपन्देही, नवलपरासी, सुनसरी र सप्तरी, गोरखा, लमजुङ, कास्कीका नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको महाशाखाका हाइड्रोलोजिस्ट सुनिल पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै उपत्यकामा बागमती नदी र मनहरा खोलामा पनि बाढी आउने भएकाले आसपासका क्षेत्र जलमग्न हुने देखिएको उहाँले बताउनुभयो ।
निरन्तरको वर्षाका कारण नारायणी, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीले पनि क्षति पुर्याउन सक्ने भएकाले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन् ।
मेची, बिरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया, सुनसरी, बुढी, त्रियुगा, माउली, गगान, खाँडो, रातु, चुरियामाई, लालबकैया, पूर्वी राप्ती, तिनाउ, वाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउलीलगायत खोलामा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।